ॐ जय गूगल हरे, स्वामी जय गूगल हरे
फ़्रस्ट (frust[rated]) जनों के संकट, त्रस्त जनों के संकट
क्लिक में दूर करे
ॐ जय गूगल हरे…
जो ध्यावै सो पावै
दूर होवै शंका, स्वामी दूर होवै शंका
सब इन्फ़ो (info[rmation]) घर आवै, सब इन्फ़ो घर आवै
कष्ट मिटै मन का
ॐ जय गूगल हरे…
नेट पिता तुम मेरे
शरण गहूं किसकी, स्वामी शरण गहूं किसकी
तुम बिन और न दूजा, तेरे बिन और न दूजा
होप करूं किसकी
ॐ जय गूगल हरे…
तुम पूरन हो खोजक
तुम वेबसाइटयामी, स्वामी तुम वेबसाइटयामी
पार नेट परमेश्वर, पार नेट परमेश्वर
तुम सबके स्वामी
ॐ जय गूगल हरे…
तुम आई.टी. के फ़ादर
तुम ही इक सर्चा, स्वामी तुम ही इक सर्चा
मैं मूरख हूं सर्चर, मैं मूरख हूं सर्चर
कृपा करो भरता
1/22/2010
गूगल आरती
1/17/2010
बिन लादेनको फोटोमा फोटोसपको कमाल
अमेरिकाका सरकारी अधिकारीहरुले ओसामा बिन लादेनको भनेर प्रचारमा ल्याएको फोटोको टाउको (कपाल) लगायत अनुहारको केही अँश स्पेनका एक राजनितज्ञ (Gaspar Llamazares) सँग मिल्न गएको पुष्टी भएको छ । गुगल वाट लगभग दुई हजार फोटो लिई त्यसमा बिन लादेनको सक्कली फोटोलाई आधार मानि डिजीटल्ली ईन्ह्यान्स (Digitally enhanced ) गर्ने क्रममा भुल बस त्यसो हुन गएको FBI का अधिकारीले जनाएका छन ।
लादेनको भनिएको सो फोटो सर्वप्रथमा http://www.rewardsforjustice.net मा प्रकाशित भएको थियो । त्यही फोटोको कारण ति स्पेनि राजनितीज्ञ (Gaspar Llamazares) को जिवन असुरक्षित भएको भनि चौतर्फी आलोचना भए पछी त्यस साईट वाट सो फोटो निकालिएको छ ।
1/16/2010
साच्चै, उदित नारायण झा कहाँ का हुन ?
विकीपेडीया हेर्दै थिए उनि भारत स्थित बिहारमा जन्मेको भन्ने कुरा पढ्नमा पाईयो ।
Udit Narayan Jha was born in Basi village in Supaul district, Bihar, India on December 1, 1955 at his maternal grandparents' home to Brahmin farmer Hare Krishna Jha and mother Bhuwaneshwari Devi. There are other reports that he was born in Raj Biraj town of Saptari district in southern Nepal. Mr. Narayan has denied this. (भारतको प्रसिद्द दैनि पत्रिका द हिन्दुमा प्रकाशित यस सम्बन्धी समाचार हेर्नुस ।)यत्तिकैमा मलाई बस वाट काठमाण्डौ जाँदा कोशी ब्यारेज कटे पछी मान्छेले उदित नारायणको घर यही पर्छ भनेको याद आयो । उनी कहाँ जन्मेका हुन भनेर उनकी आमाले भनेकी भए उनलाई राम्रो सँग थाहा हुनु पर्ने हो । उनि भारत स्थित मावलमा नै जन्मेका भए पनि हाम्लाई केही फरक पर्दैन तर उनले यो कुरा प्रष्ट गर्नु पर्ने हो । बढो दुख साथ भन्नु पर्छ यस किसिमले आफ्नो राष्ट्रियता प्रति प्रष्ट हुन नचाहेका / नसकेका कारणले नै नेपालमा महेन्द्र राजमार्ग पारीकामधेसी समुदायका नेपालीहरुलाई वारीका नेपालीहरुले शकाको दृष्टीले हेर्ने गरेका छन ।
1/10/2010
नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको लगभग १०% मात्र
- विश्वमै फेसबुक प्रयोगकर्ता भन्दा बढी जनसँख्या हुने देशहरु
चिन (1,325,639,982+)
भारत (1,139,964,932+)
अमेरिका (304,059,724+) मात्र हुन । - नेपालको कुल जनसँख्या फेसबुक प्रयोगकर्ताको झण्डै १० प्रतिशत मात्र हुन आँउछ ।
- विश्वमा लगभग 1,733,993,741+ Internet प्रयोगकर्ता छन भन्ने तथ्याङ्कलाई निर्विवाद मान्ने हो भने कुल ईन्टरनेट प्रयोग कर्ताको लगभग १८% प्रयोग कर्ता फेसबुक प्रयोग गर्छन ।
1/09/2010
फेसबुकमा सबभन्दा वढी साथी हुने ब्यक्ती
पेसाले स्टीभ एक लेखक स्तम्भकार र कमेडियन हुन । अन्तराष्ट्रीय सेलीब्रेटी त्यसमा पनि कमेडियन ! उनलाई साथी बनाउने चाहनेको के कमी हुन्थ्यो र !! फेसबुकमा यसको सँख्या लगभग दुई लाख पुग्न लाग्दा फेसबुक को ( सर्भर ) सिस्टम स्लो भएको कारण दर्शाई उनको फेसबुक अकाउण्ट रिसेट गर्नु परेको थियो रे । अहिले उनको अकाउण्ट लगभग पैतिस सय साथी छन । जुन धेरैको लागी धेरै हैन ।
1/01/2010
ईन्टरनेटको भविष्य - १
- आजभोली तपाई हामीले चलाउने वर्ड, एक्सेल जस्ता अफिस एप्लिकेशनलाई माईक्रोसफ्टले अनलाईन बनाई दिन्छ । तपाईले क्लिप आर्टमा पिक्चर सर्च गर्दा गुगल वा माईक्रोसफ्टकै कुनै "ईमेज सर्च ईन्जिन" प्रयोग गरी रिजल्ट देखाई दिन्छ । यस्तो मा नयाँ भर्सनका माईक्रोसफ्ट एप्लिकेशन सस्ता त होलान तर पाईरेटेड चलाउन असम्भव नै होला । किन भने त्यतिखेर सफ्टवेयर अनलाईन ईन्सटल हुने छन (हिजो आज याहु म्यासेन्जर ईन्सटल गरे झै ) ।
- ईन्टरनेट एक्सप्लोर सिक्स त पुरै बन्द हुन्छ । मान्छेले यसलाई विर्सि सक्छन । यसलाई सम्झीरहने हरु पछुताउने छन किन भने Java Script HTML CSS लगायतका ल्याङ्गवेज यति अपग्रेडेड हुनेछन कि ति आई ई सिक्समा चल्ने छैन । यस्तोमा माईक्रो सफ्ट ले गुगल क्रोमलाई टारगेट गरेर नयाँ व्राउजर बनाउने छन ।
- गुगल ले त्यसपछी भ्वाईस सर्च गर्न थाल्ने छ । तपाई ईन्टरनेटमा रहेका सिनेमा को कुनै डायलग (वा त्यसलाई ईन्डिकेट गर्ने कि वर्ड) सर्च गरेर भेट्नु हुनेछ । (गुगल ले यसको विटा सस्करण त ल्याई नै सक्यो नि । भविष्य त्यसकै अपग्रेडेड भर्सनको हो ।) । के थाहा त्यतीखेर एप्पले बोलेर नै सर्च गर्न मिल्ने कुनै प्रविधि नै पो ल्याई दिने हो कि !
- वेवसाईट बनाएर होष्ट गर्ने काम सस्तो हुनेछ तर माईक्रोसफ्ट (विन्डोज) सर्भर लोप हुनेछन । त्यस्तोमा ASP जस्ता विन्डोज प्लेटफर्ममा चल्ने सर्भर साईट स्क्रीप्टको प्रयोग बन्द हुनेछ । PHP जस्ता लिनक्स प्लेटफर्ममा चल्ने सर्भर साईट स्क्रीप्ट को फ्रेमवर्कले बजार लिने छ ।
- एडोब फ्लास बाट बनेका बेव साईट मुस्किल ले भेटिने छन त्यसको सट्टा MooTools AJAX jQuery वाट बनेका एप्लिकेशनको तमासा हेर्न लायकको हुनेछ ।
12/28/2009
ब्याङ्क अफ एसियाको नेट ब्याकिङ्गको सम्बन्धमा ६ वटा टिप्पणी
त्यसो त ब्याङ्क अफ एसियामा मैले खाता खोल्नुको कुनै विषेश कारण छैन। मिनीमम ब्यालेन्समा चलिरहेको त्यस वैँकको खाता उच्चतम प्रयोग मैले मेरो मोवाईलको रिचार्ज कार्डको पिन नम्बर किन्न प्रयोग गरे । एक पटक एउटा काम विशेशले ईण्डिया पैसा पठाउनु पर्ने भो, त्यसैले मैले त्यस बैकमा खाता खोलेको थिए । एकैं पटकको कारोवार होला भन्ने लागेको थिएन, फेरी फेरी पैसा पठाउनु पर्ला भनेर त्यस बैकमा खाता खोलेर त्यसको एटिएम कार्ड मैले उता पठाएको थिए। त्यस पछी त्यसको मोबाईल रिचार्ज गर्ने वाहेक अरुमा त्यसको काम आएको छैन। मोफसलमा पुगेका अन्य ठुला बैक भन्दा त्यस वैकमा सकारात्मक कुरा त्यसले अ्काउण्ट होल्डरको नाम प्रिन्ट नभएको एटिएम कार्ड एकै दिनमा दिदो रहेछ जसलाई नेपालको SCT ATM र भारतको पञ्जाब नेशनल ब्याङ्कमा प्रयोग गर्न सकिदो रहेछ ।
पहिलो वर्ष निशुल्क ईन्टरनेट ब्याङ्कीङ्गको सुविधा दिन्छ भन्ने सुनेर मैले पनि त्यस वैकको आई टच भन्ने नेट ब्याकिङ्ग सुविधा एक्टीभेट गरेको थिए । त्यस पछी त मैले पहिले नै भनि हाले नि त्यसको भरमार उपयोग मोबाईल रिचार्ज गर्नमा भई रहेको छ भनेर । तर हिजो आज त त्यो पनि हुन छाडेको छ ।लग ईन गर्ने वित्तिकै लगईन ईरर को रुपमा " यु आर अलरेडी लगईन " भन्छ ।




